राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको बैठक बोलाएको छ।
बैठक आइतबार बिहान ११ :४५ मा नयाँबानेश्वरस्थित संसद भवनमा रहेको दलको कार्यालयमा बोलाइएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मत दिने, नदिनेबारे निर्णय लिन राप्रपाले संसदीय दलको बैठक बोलाएको हो।
राप्रपाको निर्देशक समितिको शनिबार बसेको बैठकले ओलीलाई विश्वासको मत दिन नहुने सुझाव पार्टीलाई दिएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि अहिलेकै अवस्थामा सरकारलाई विश्वासको मत नदिने बताएका छन्।
30
Shares
प्रतिक्रिया