ad ad

राजनीति


विश्वासको मत लिन प्रधानमन्त्रीले लेखे संसदलाई पत्र

विश्वासको मत लिन प्रधानमन्त्रीले लेखे संसदलाई पत्र

नेपालखबर
साउन २, २०८१ बुधबार २०:२०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आइतबार (साउन ६ गते) विश्वासको मत लिने व्यवस्थाका लागि संसद सचिवालयलाई पत्राचार गरेका छन्। 

प्रधानमन्त्री ओलीले संघीय संसदका महासचिवलाई बुधबार पत्र लेखी विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था गरिदिन भनेका छन्। 

पत्रमा उनले पत्रमा लेखेका छन्, ‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरूप विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय संवत् २०८१ साउन ६ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राख्ने व्यवस्थाको लागि अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .