ad ad

समाज


सिमलताल दुर्घटना : घाइते तीनैजना डिस्चार्ज, १९ को शव फेला(विवरणसहित)

सिमलताल दुर्घटना : घाइते तीनैजना डिस्चार्ज, १९ को शव फेला(विवरणसहित)

नेपालखबर
साउन २, २०८१ बुधबार २०:३८, काठमाडौँ

गएको शुक्रबार मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत सिमलतालमा भएको बस दुर्घटनामा बाँच्न सफल तीनजना यात्रु अस्पतालबाट डिस्चार्ज भएका छन्।

काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूलीमा डुब्दा खसेका तीनजना अस्पतालबाट डिस्चार्ज भएका हुन्।

सो बसमा४१ यात्रु रहेको खुलेको छ।

रौतहटको देवाही बनाही नगरपालिका १० का नन्दन दास रौतहटकै गरुडा नगरपालिका ९ का जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता उपचारपछि आज घर फर्केका उद्धारमा खटिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्रले बुधबार साँझ ८ बजे प्रकाशित गरेको बुलेटिन अनुसार दुर्घटनाका हराइरहेकामध्ये १९ जनाको शव फेला परेको छ।

भेटिएका १९ शवमध्ये १४ वटाको सनाखत भएको छ भने ५ वटा शव पहिचान हुन बाँकी छ।

सनाखत हुन बाँकी ५ जनामा सबै पुरुषका शव हुन्।

सिमलताल दुर्घटनामा दुवै बसका गरी ६२ यात्रु त्रिशूलीमा बेपत्ता भएका थिए। दुईवटै बस सुरक्षाकर्मीले अझै पत्ता लगाउन सकेका छैनन्।

शुक्रबार भएको सो घटनापछि सोमबार (असार ३१ गते) मात्रै दुर्घटनाका ६५ जना यात्रु परेको विवरण सार्वजनिक भएको थियो।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बाप्र०३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना यात्रु रहे थिए भने काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ यात्रु रहेको खुलेको छ।

गणपति बसका तीनजना यात्रु हामफलेर बाँच्न सफल भएका हुन्।

हराएका बस तथा बेपत्ता यात्रुहरूको सुरक्षाकर्मीले खोजी जारी राखेका छन्।

यस्तो छ मृतकको विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .