ad ad

राजनीति


प्रधानमन्त्री नियुक्त भएपछि ओलीले भने– सबैमा सम्मान, सबैलाई धन्यवाद!

प्रधानमन्त्री नियुक्त भएपछि ओलीले भने– सबैमा सम्मान, सबैलाई धन्यवाद!

नेपालखबर
असार ३०, २०८१ आइतबार १७:५३, काठमाडौँ

प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गरेका छन्।

आइतबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए। 

लगत्तै उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद!’ 

ओलीको शपथग्रहण भने भोलि (सोमबार) मात्रै हुने भएको छ। बिहान ११ बजे शीतलनिवासमा शपथग्रहण हुने गरी राष्ट्रपति कार्यालयले व्यवस्थापन तथा पत्राचार गरेको छ।

ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्।

गत असार १७ गते कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्न सहमति भएको थियो। ओली २४ असोज ०७२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .