प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने क्रममा शुक्रबार प्रतिनिधि सभामा १५ जना सांसद अनुपस्थित रहेको पाइएको छ।
जम्मा १७ जना सांसद मतदानमा सहभागी भएनन्।
नेकपा (एमाले) का निलम्बित सांसद टोपबहादुर रायमाझी जेलमा छन् भने राप्रपाकी सांसद गीता बस्नेत पनि निलम्बित छिन्।
सभामुख देवराज घिमिरे मतदानमा सहभागी भएनन्।
स्रोतका अनुसार नेपाली कांग्रेसका सांसदहरू अम्बिका बस्नेत, दुर्लभ थापा क्षेत्री र मनोरमा शेरचन उपस्थित भएनन्।
यस्तै, एमालेका आश्मा कुमारी चौधरी, ईश्वरी घर्ती, वशन्तकुमार नेम्वाङ, सूर्यकुमारी श्रेष्ठ र हर्कमाया विश्वकर्मा मतदानमा सहभागी भएनन्।
यसैगरी, माओवादी केन्द्रका देवेन्द्र पौडेल पनि शुक्रबारको बैठकमा सहभागी भएनन्।
नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ, स्वतन्त्र सांसद योगेन्द्र मण्डल, जनता समाजवादी पार्टी (अशोक राई नेतृत्व) की सुशीला श्रेष्ठ र जनमत पार्टीकी विनिताकुमारी सिंह पनि उपस्थित थिएनन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालको पक्षमा ६३ मत परेको थियो भने विपक्षमा १९४ मत परेको थियो।
नेमकिपाका एक मात्र सांसद प्रेम सुवाल तटस्थ बसेका थिए।
Shares
प्रतिक्रिया