ad ad

ग्लोबल


रुसी विमान मस्कोनजिक दुर्घटनाग्रस्त, चालक दलका ३ सदस्यको मृत्यु भएको आशंका

रुसी विमान मस्कोनजिक दुर्घटनाग्रस्त, चालक दलका ३ सदस्यको मृत्यु भएको आशंका

फाइल फाेटाे


नेपालखबर
असार २८, २०८१ शुक्रबार २२:१५, काठमाडौँ

रुसी यात्रुवाहक विमान शुक्रबार मस्को नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ।

रुसी आपतकालीन मन्त्रालयका अनुसार विमानमा चालक दलका सदस्य मात्रै थिए।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सुखोई सुपरजेट १०० जङ्गलमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार तीनै जना चालक दलका सदस्यको मृत्यु भएको विश्वास गरिएको छ।’

रुसी सरकारी सञ्चारमाध्यमका अनुसार मर्मत कार्यपछि परीक्षण उडानका क्रममा विमान दुर्घटनाग्रस्त भएको हो।

रुसले केही समयदेखि पश्चिमी देशहरूले बनाएका विमानहरू प्रतिस्थापन गर्न स्वदेशी विमान सुखोई सुपरजेट विकास गरिरहेको छ।

सन् २०२२ मा युक्रेनमा भएको आक्रमणपछि रुसले ठूलो प्रतिबन्धको सामना गर्नु परेको छ।

रुसले पश्चिमी देशहरूले लगाएको प्रतिबन्धका कारण आफ्नो पुरानो विमान फ्लिट बदल्न संघर्ष गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .