ad ad

राजनीति


योगेशले प्रचण्डलाई भने– अब तपाईंको उथलपुथलले काम गर्दैन

योगेशले प्रचण्डलाई भने– अब तपाईंको उथलपुथलले काम गर्दैन

नेपालखबर
असार २८, २०८१ शुक्रबार १४:४२, काठमाडौँ

नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब उथलपुथलले केही हुन नसक्ने बताएका छन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले प्रचण्डको जीवन नै उथलपुथल भएको दाबी गरे। 

‘अरुलाई दोष दिएर उम्कने ठाउँ छ जस्तो लाग्दैन। म कमरेड प्रचण्डलाई भन्न चाहन्छु तपाईंको जीन्दगी उथलपुथल नै छ। तर, हिजो तपाईंको उथलपुथलको औचित्य थियो होला। तर, अब त्यो उथलपुथले थचक्क बस्नुबाहेक केही देखिँदैन। अब उथलपुथलले काम गर्दैन,’ उनले भने। 

साथै, उनले प्रचण्डलाई बलियो प्रतिपक्ष बन्नका लागि कांग्रेस र एमालेले सुवर्ण अवसर समेत दिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .