ad ad

कारोबार


नेपाल लाइफले २१ प्रतिशत नगद लाभांशा वितरण गर्ने

नेपाल लाइफले २१ प्रतिशत नगद लाभांशा वितरण गर्ने

नेपालखबर
असार १८, २०८१ मंगलबार १८:२५, काठमाडौँ

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २३औँ र २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईको अध्यक्षतामा मंगलबार (१८ असारमा) पर्साको वीरगन्जस्थित होटल भिष्वामा सम्पन्न भएको हो।

सो अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्ष संघईले प्रस्तुत गरेको आ.व.२०७८/७९ र आ.व. २०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरु छलफल गरि पारित गरिएको छ।

लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/७९ र आ.व. २०७९/८० को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ।

त्यसै गरी आ.व. २०७९/८० को लागि लेखापरीक्षक एस.ए.आर. एशोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गरिएको छ। यस सभाले आ.व. २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ।

साधारण सभाले आ.व. २०७९/८० को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।

यसका साथसाथै साधारण सभाले सञ्चालक समितिमा संस्थापक समूह (क) का शेयरधनीहरूबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गरिएको छ।

कार्यक्रममा अध्यक्ष गोबिन्द लाल संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व. २०७८/७९ र आ.व. २०७९/८० मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धि र भावी योजनाहरु बताए।

२०८१ जेठ मसान्त सम्ममा यस कम्पनीको लगानी रु. २००.५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १८९ अर्ब १८ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ६६ करोडभन्दा बढी रहेको छ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९३ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।

यसका साथसाथै कम्पनीले हालसम्म रु २५९.८३ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने रु ७८.७६ अर्ब दावी भुक्तानी गरेको छ।

कम्पनीले २४ वटा बीमा योजना अन्तर्गत ३५ लाख ५२ हजार ४१४ बीमालेख जारी गरिएको छ। ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .