ad ad

राजनीति


बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८१ मंगलबार १०:५८, काठमाडौँ

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। सोमबार मध्यराति नेकपा एमालेले कांग्रेससँग गरेको समझदारीपछि माओवादीको आकस्मिक बैठक बसेका हो। 

बैठकमा अबको रणनीति तय हुने बताइएको छ। माओवादी बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओली पनि बालुवाटार पुगेका थिए। 

उनले प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकार बनाउन लागेको भन्दै त्यसमा संलग्न हुन पनि आग्रह गरेका छन्।

यसअघि आइतबार र सोमबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच लगातार छलफल चलिरहेको थियो। छलफलकैबीचमा एमालेले कांग्रेससँग गरेको सहकार्यले माओवादी केन्द्र के गर्ने भन्ने अन्योलमा छ।

सोमबार मध्यराती (सवा १२ बजे) कांग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गएका छन्।

एमालेकै समर्थनमा प्रचण्ड कायम छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .