ad ad

राजनीति


ओलीले भूमिका बाँध्न थालेपछि प्रचण्डले भने– किन घुमाउनुहुन्छ? सिधा–सिधा भन्नुस् न!

ओलीले भूमिका बाँध्न थालेपछि प्रचण्डले भने– किन घुमाउनुहुन्छ? सिधा–सिधा भन्नुस् न!

नेपालखबर
असार १८, २०८१ मंगलबार ११:१०, काठमाडौँ

सोमबार मध्यराति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको समझदारीबारे मंगलबार बिहानै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार पुगेर ब्रिफिङ गरेका छन्। 

लगभग साढे ९ बजे बालुवाटार पुगेका ओलीले केहीबेर बसेर ओलीले प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकार बनाउन समझदारी गरेको सुनाए। 

सरकारी निवास बालुवाटारमा उनीहरूबीच भएको केहीबेरको छलफलमा ओलीले आफू दुई तिहाईको प्रधानमन्त्री बन्न लागेको, संविधान संशोधन लगायतका विषयमा काम गर्ने समझदारी भएको र त्यसमा माओवादीलाई पनि आउन आग्रह गरेको बताइएको छ।

ओलीले यस्तो बताइरहँदा प्रचण्ड मौन भएर सुनिरहेका थिए। प्रचण्डको सचिवालयका एक सदस्यले बताए अनुसार, ओलीले भूमिका बाँधेर कुरा गर्न थालेपछि प्रचण्डले प्रष्ट कुरा राख्न भनेका थिए। 

‘जे कुरा भएको हो, सिधा सिधा भन्नुस्, किन घुमाउनुहुन्छ,’ प्रचण्डले ओलीलाई भनेको कुरा उदृत गर्दै सचिवालयका ती सदस्यले भने। 

त्यसपछि ओलीले पदबाट राजीनामा दिएर आफू नेतृत्वको सरकारमा आउन भने। त्यसमा प्रचण्ड मौन बसे। 

उनले केही भनेनन्।

प्रचण्डले मार्गप्रशस्त गर्ने वा विश्वासको मत लिने बाटोमा जाने भन्नेबारे ओलीलाई प्रष्ट भनेनन्। ‘पार्टी बैठकमा छलफल गरेर निर्णय लिन्छु, अहिलेलाई यत्ति भनेँ,’ प्रचण्डले ओलीलाई भनेका थिए।

यसअघि आइतबार र सोमबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच लगातार छलफल चलिरहेको थियो। ओलीसँगको छलफललाई विश्वास गरेका प्रचण्डले सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा पनि यो सरकार लामै समय जाने बताएका थिए। 

एमालेले कांग्रेससँग गरेको सहकार्यले माओवादी केन्द्र के गर्ने भन्ने अन्योलमा छ।

सोमबार मध्यराती (सवा १२ बजे) काङ्ग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएको थियो।

काङ्ग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गएका छन्।

एमालेकै समर्थनमा प्रचण्ड कायम छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .