ad ad

राजनीति


सत्ता राजनीतिको तरंग : बस्न सकेन प्रचण्डले बोलाएको गठबन्धन बैठक

सत्ता राजनीतिको तरंग : बस्न सकेन प्रचण्डले बोलाएको गठबन्धन बैठक

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८१ सोमबार १८:२२, काठमाडौँ

सत्ता राजनीतिमा आएको तरंगका बीच सत्तारुढ गठबन्धनको बैठक प्रभावित भएको छ। राजनीतिमा नयाँ 'ट्वीस्ट' आउने देखिएपछि सोमबारका लागि बोलाइएको गठबन्धन बैठक नबस्ने भएको हो। 

प्रधानमन्त्री प्रचण्डले सोमबार (आज) साँझ ५ बजेका लागि सत्ता गठबन्धनको बैठकको तयारी गरेका थिए। 

तर, आइतबार बेलुकादेखि विकसित राजनीतकि घटनाक्रमले आइतबारको बैठक बस्न नसकेको नेताहरू बताउँछन्। 

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टीको गठबन्धन छ।

तर, सत्ताको प्रमुख घटक एमालेले सोमबार नै सरकारमा रहने-नरहने निर्णय गर्दै छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई बालकोट बोलाइसकेका छन्।

सोमबार बिहान अध्यक्ष ओलीले यही अवस्थामा जनताको आकांक्षा पूरा नहुने भन्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। 

त्यसयता, तीव्र रुपमा राजनीतिक भेटघाट अघि बढेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .