प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन्।
केहीबेरअघि प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।
ओली र प्रचण्डबीच अहिले वार्ता चलिरहेको छ। प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले भनिन्, ‘दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर छलफल भएको हो।’
उनीहरूबीच आजको भेटवार्ता हिजै तय भएको थियो।

प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनसहितका विषयमा छलफल र समझदारी हुने बताइएको छ।
मन्त्री हेरफेरको अन्तिम गृहकार्यमा प्रधानमन्त्री, बोलाए गठबन्धन बैठक
एमाले अध्यक्ष ओली पछिल्लो एकहप्ता यता नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा छन्। देउवा र ओलीबीचको संवादलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
372
Shares

प्रतिक्रिया