ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

नेपालखबर
असार १७, २०८१ सोमबार ९:२८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन्। 

केहीबेरअघि प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। 

ओली र प्रचण्डबीच अहिले वार्ता चलिरहेको छ। प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले भनिन्, ‘दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर छलफल भएको हो।’

उनीहरूबीच आजको भेटवार्ता हिजै तय भएको थियो।

प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनसहितका विषयमा छलफल र समझदारी हुने बताइएको छ। 

एमाले अध्यक्ष ओली पछिल्लो एकहप्ता यता नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा छन्। देउवा र ओलीबीचको संवादलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .