ad ad

राजनीति


कार्कीले पनि भने- रास्वपा बैठक लाइभ गरौँ, धोका र छलकपटको घीनलाग्दो वस्त्र उतारौँ

कार्कीले पनि भने- रास्वपा बैठक लाइभ गरौँ, धोका र छलकपटको घीनलाग्दो वस्त्र उतारौँ

नेपालखबर
असार १६, २०८१ आइतबार १९:०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले पनि केन्द्रीय समितिको बैठक लाइभ गर्नुपर्ने भनेका छन्।

महामन्त्री डा मुकुल ढकालको प्रस्तावको प्रतिक्रियामा उनले पार्टी शुद्धीकरणको बाटो नै यही भएको बताएका छन्। तर, उनले महासचिव ढकालप्रति लक्षित गर्दै केही कटाक्षपूर्ण टिप्पणी पनि गरेका छन्।

‘साथीहरू, लाइभ गरौँ,’ कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैले थाहा पाऊन्। आफैले सिकार गर्दै घाइते मृगको आडैबाट उल्टो ममाथि अन्याय भइराछ भनेर को गर्जिरहेको छ, सबैले थाहा पाऊन्।’

 

महामन्त्री ढकालले यसअघि पार्टी सभापति रवि लामिछानेको आडमा धेरै स्वेच्छाचारी निर्णय गर्दै आएको र अहिले पार्टीभित्र अलोकप्रिय भएपछि आलोचनामा उत्रिएको कार्कीको बुझाइ छ (हेर्नुहोस् अन्तर्वार्ता–)।

कार्कीले ढकाललक्षित प्रश्न गरेका छन्, ‘विधिलाई च्यातेर पार्टीको चरित्रमाथि पहिलो प्रहार कसले गरेको हो? सबैले थाहा पाउन्, कसले अनेकन कृत्य गरेर डिलैमा पुर्‍यायो र झर्न लाग्यो भनेर आरोप लगाइरहेको छ? राष्ट्रिय स्वतन्त्र पार्टीका रूपमा कहाँकहाँ धोका, छलकपट, नातावाद, मैमत्तवाद र आत्ममुग्धताको घीनलाग्दो कपडा लगायौँ, खुला छलफल गरौँ। एकएक उतारौँ। केवली बनौँ। राजनीतिक कैवल्य बाँडौँ। ताकि, शान्ति र समृद्धिको बाटो पक्का र प्रस्ट बनोस्। यही हो बाटो शुद्धीकरणको। र, यो आवश्यक छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .