ad ad

राजनीति


यथास्थितिमा देश अगाडि जान सक्दैन : ओली

यथास्थितिमा देश अगाडि जान सक्दैन : ओली

नेपालखबर
असार १६, २०८१ आइतबार १८:४९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन्।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दि गर्न नहुने बताए।

उनले अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता भएको उल्लेख गरे। उनले उद्यमशिलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताए।

उनले भन्नुभयो, ‘यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा छैन। कसैले जिद्दि गर्नु हुँदैन। अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता हो’ उनले भने, ‘तर सरकारी तवरबाट यस सम्बन्धमा नीति निर्माण हुन सकेको छैन। ठोस नीति निर्माण हुनुपर्‍यो नि। ठोस नीति आउनुपर्छ, के गर्ने?’

गरिबीबाट माथि उठ्न मसिनो चामल नभइ आफ्नै देशमा मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्ने ओलीको भनाई छ।

अध्यक्ष ओलीले पहाडमा उत्पादन हुने उत्पादनले जीविका चल्न छोडेपछि गाउँ अहिले उजाड बनेको बताए। उनले नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौति निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्याालाई खान लगाउन पाउने अवस्थामा पुर्याउनु चुनौति रहेको बताए।

गरिबीसँगै बेरोजगारी बढ्दै जाने उनले चिन्ता जाहेर गरे।

अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सानातिना नियुक्तिहरूमा नअल्झिन र परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .