ad ad

राजनीति


हतारमा पार्टी एकता गर्दैनौँ, बढी उत्साहित हुँदा दुर्घटना भयो : प्रधानमन्त्री प्रचण्ड

हतारमा पार्टी एकता गर्दैनौँ, बढी उत्साहित हुँदा दुर्घटना भयो : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
असार १४, २०८१ शुक्रबार १९:९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा पार्टी एकता गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्।

भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणमा बढी जोड दिने बताए।

उनले धेरै उत्साहित हुँदा यसअघि दुर्घटना भएको पनि स्मरण गरे।

‘हामी तत्काल र हतारमा पार्टी एकता वा वामपन्थी एकता गर्ने पक्षमा छैनौँ’ उनले भने, ‘धेरै राम्रो उत्साह आएर पनि विगतमा दुर्घटना भयो, त्यसकारण वाम एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छ।’

राम्रो सहकार्य गरेर जाँदा जनताले देख्नेगरी काम गर्न केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले सतर्कताका साथ आफूहरू अघि बढेको स्पष्ट पारे।

प्रधानमन्त्री प्रचण्डले यस वर्ष पनि किसानलाई समयमै रासायनिक मल उपलब्ध हुने बताए।

चितवनका केरा किसानलाई बिमा वापतको रकम उपलब्ध गराउन सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले सकेसम्म चाँडो किसानका समस्या समाधान गर्न लागिपरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .