ad ad

राजनीति


काभ्रेबाट विद्या भण्डारीले भनिन्– राष्ट्रका लागि आवश्यक पर्‍यो भने राजनीति गर्नुपर्ने हुन्छ

‘०७७ मा पार्टी विभाजन हुँदा मलाई भन्दा बढी पीडा कसलाई भयो होला?’
काभ्रेबाट विद्या भण्डारीले भनिन्– राष्ट्रका लागि आवश्यक पर्‍यो भने राजनीति गर्नुपर्ने हुन्छ

धुलिखेलमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारी


नेपालखबर
असार १४, २०८१ शुक्रबार १९:३४, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ०७७ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता विभाजित हुँदा आफू अत्यन्तै चिन्तित हुन पुगेको बताएकी छिन्। 

शुक्रबार मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा काभ्रेको धुलिखेलमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस्तो चिन्ता व्यक्त गरेकी हुन्। 

उनले महाभारत कथाका पात्र ‘यदुवंशी’ को झगडा प्रसंग झिक्दै पार्टी विभाजन हुन नदिन धेरै कोसिस गरेको पनि सुनाइन्। 

‘मैले आफ्नो ठाउँबाट धेरै कोसिस गरेको, खुट्टा समाएर ढोग्न चाहिँ सकिएन, तर हामीले अनुरोध गरेर विषयमा भोलिका दिनमा यसरी जान सकिन्छ भन्दा आफ्ना विपक्षीसँग साँठगाँठ गर्ने काम भयो,’ उनले भनिन्। 

एक घन्टा लामो भाषण गरेकी भण्डारीले अधिकांश समय कम्युनिस्ट पार्टी र एकताका बारेमा समय खर्चिइन्।

उनले त्यतितबेलाको पार्टी विभाजन सम्झँदै भनिन्, ‘जहाँसम्म ०७७ को कुरा हो। त्यतिबेला मलाईभन्दा बढी पीडा कसलाई थियो होला? जुन पार्टीबाट राष्ट्रपतिमा प्रस्ताव भएर झण्डै दुई तिहाइ मत ल्याएर राष्ट्रपति भएको मान्छे तीनै पार्टी यदुवंशी भएर झगडा गरेर फुटेर टुक्राटुक्रा हुन्छ भने मलाई एकदमै चिन्ता हुनु स्वाभाविक हो।’

साथै, उनले राष्ट्रका लागि राजनीति गर्नुपर्ने अवस्थामा गर्नैपर्ने पनि बताइन्। 

‘कसैले त्यसलाई राजनीतिकरणको कुरा नगरौँ। यो राजनीतिकरण होइन। राष्ट्रको लागि यदी राजनीति गर्नुपर्छ भने पनि गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘दुनियाँ आएरअनेक एजेन्सीहरूले खेल्ने, पार्टी फुटाउन खोज्ने अनि त्यसलाई नफुटाउ भन्दा त्यो राजनीति हुने? त्यो मलाई राम्ररी थाहा छ, थाहा पाएरै भनेको हुँ।’

साथै, उनले ५ महिनापछि महाधिवेशन हुन्छ, धैर्य गर्नुस् भन्दा पनि आफूले नसकेको जिकिर गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .