ad ad

राजनीति


राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको छ : मन्त्री शर्मा

राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको छ : मन्त्री शर्मा

फाइल फोटो


नेपालखबर
असार १३, २०८१ बिहिबार १६:३५, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको बताइन्की छन्।

बिहीवार काठमाडौंमा नेपाल साहित्यिक पत्रकार संघको १८ औं स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले राजनीति देशको मूल नीति भएपनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताइन्।

राजनीति देशको माउ नीति भएको राजनीति नसुधारीकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको जिकिर गरिन्। उनले राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको बताइन्।

मन्त्री शर्माले साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुुनपर्नेमा जोड दिइन्। उनले अहिले समाज भ्रष्टीकरणमा गइरहेको बताइन्।

सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारीलाई पूरा गर्नु सबै नागरिकको दायित्व भएको उनको भनाई छ।

उनले भनिन्, ‘आज आएर राजनीति भन्दा किन सबैले नाक खुम्च्याउने विषय बन्दैछ। आखिर राजनीति त देशको मुल नीति हो। यो माउ नीति हो। यो मुल नीति, माउ नीति नसच्चिसम्म यो नसुध्रिकन अरु तमाम क्षेत्र सुधार्छु भनेर सम्भव छैन। त्यसकारण यसलाई कसरी सुधार गर्ने, कसरी अघि बढाउने भन्ने विषयमा हामी सबैले घोत्लिएर सोच्नुपर्ने हो की।’  

मन्त्री शर्माले सरकारले साहित्यिक पत्रकारितालाई पनि केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताइन्। अहिलेको युग सूचना र प्रविधिको युग भएकाले सािहत्यलाई पनि सूचना र प्रविधिमैत्री बनाउन जरुरी रहेको जनाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .