ad ad

राजनीति


महामन्त्रीको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्छौँ : रास्वपा सांसद खनाल

महामन्त्रीको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्छौँ : रास्वपा सांसद खनाल

नेपालखबर
असार १३, २०८१ बिहिबार १६:१३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले महामन्त्री मुकुल ढकालले पार्टी सभापति समक्ष पेश गरेको समिक्षा प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गरिने बताएका छन्।

बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खनालले पार्टी कमजोेर भयो कि भन्ने आवाज पार्टीभित्र उठेकाले नै महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाइएको बताए। 

उनले महामन्त्रीलाई पार्टीको अवस्था पत्ता लगाउनका लागि नै यात्रामा पठाइएको उल्लेख गरे। उनले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरिने र निष्कर्ष निकालिने बताए। 

‘स्वभाविक रुपमा अहिले चारैतिर हामी कमजोर भयौँ कि भन्ने आवाजहरू हाम्रै पार्टी पंक्तिका साथीहरूले नभनेका कुरा चाहीँ होइनन्। महामन्त्रीले जुन प्रतिवेदन हिजो सभापतिलाई बुझाउनुभयो। इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर पार्टीले नै उहाँलाई खटाएको हो,’ उनले भने, ‘उहाँ स्वेच्छाले भन्दापनि पार्टीको नेतृत्वले नै केही भइरहेको छ कि? केही समस्या छ कि भनेर पत्ता लगाउन खटाएको हो। उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भनेपछि स्वभाविक रुपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौँ। अध्ययनको आधारमा निष्कर्षहरू आइसकेपछाडी अनि थप प्रतिक्रिया राख्नु उचित हुन्छ होला।’

महामन्त्री ढकालले पार्टीको राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै गत जेठ ६ गतेदेखि समीक्षा यात्रा सुरू गरी ३८ जिल्ला पुगेर गरेको समिक्षा प्रतिवेदन बुधवार सभापति रवि लामिछानेलाई बुझाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .