भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले उत्तरपूर्वी दिल्लीमा शान्ति कायम भइसकेको बताएका छन्।
तीन दिनदेखि साम्प्रदायिक हिंसा मच्चिएको क्षेत्रमा पुगेर प्रहरीले शान्ति स्थापना गरेको बताएका हुन्।
दिल्लीमा नागरिकता कानुनको विरोधमा लामो समयदेखि विरोध गरिरहेकाहरुमाथि हिन्दु अतिवादीहरुको समूहले आक्रमण गरेको थियो। त्यसपछि सुरु भएको साम्प्रदायिक दंगामा कम्तीमा २० जनाले ज्यान गुमाइसकेका छन्।
प्रहरीले नै दंगाकारीलाई संरक्षण दिएको आरोप लागिरहेको छ भने सत्तारुढ भाजपाका नेताहरुले हिंसा भड्काएको भन्दै विरोध भइरहेको छ।
हिंसा सुरु भएको तीन दिनपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत शान्तिका लागि अपिल गरेका छन्। एजेन्सी
प्रतिक्रिया