ad ad

समाज


पाथरखोलामा २० भेँडा मरे, उपचार गर्न जनशक्ति छैन

पाथरखोलामा २० भेँडा मरे, उपचार गर्न जनशक्ति छैन

नेपालखबर
फागुन १४, २०७६ बुधबार १२:२७,

हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन्।

अज्ञात रोगले मंगलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उनले जानकारी दिए। ‘भुँडी ढाडिइ पहेँलो पातलो दिसा गरेर भेंडा मरे’ कृषक अधिकारीले भने। अहिले त्यस्तो रोग भेडीखर्कमा फैलिएको छ। नियन्त्रणमा कुनै पहल भएको छैन।

‘जीविकोपार्जन गर्न सानाठूला गरी ६५ भेडा पालेको थिए। रोग फैलिएको छ। २० मरिसके। अझ कति मर्ने हुन्’ उनले भने। बीमा नहुँदा क्षतिपूर्तिको संम्भावना छैन।

शिखर इन्सुरेन्समार्फत पशु बीमा गर्ने भए पनि सो गाउँपालिकामा कर्मचारी नहुँदा बीमा नभएको जनाइएको छ।

सो गाउँपालिका पशु शाखाका संयोजक नरसिंह थापाले आफूले भेँडा मरेको जानकारी पाएको बताए। उनले भने, ‘औषधि दिएर पठाएका छौँ।’ शाखामा सात जनाको कर्मचारी दरबन्दी रहेको छ। अहिले एकजना मात्र कार्यरत रहेका छन्। उनले भने, ‘एक जना कर्मचारीले कार्यालय खोल्ने कि फिल्ड जाने निकै समस्या छ।’

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कर्मचारी समायोजनका कारण दरबन्दीमा उथलपुथल भएको जानकारी दिए। ‘पर्याप्त कर्मचारी छैनन्’, उनले भने, ‘भएका कर्मचारीले जेनतेन व्यवस्थापन गर्दै आएका छौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .