ad ad

राजनीति


हाम्रो नम्बरमै जादु छ, परिस्थिति मिल्यो भने पूरै अवधि सत्ता चलाइन्छ : प्रधानमन्त्री

हाम्रो नम्बरमै जादु छ, परिस्थिति मिल्यो भने पूरै अवधि सत्ता चलाइन्छ : प्रधानमन्त्री

तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्ड (तस्बिर : प्रदीपराज वन्त/सचिवालय)


नेपालखबर
असार ८, २०८१ शनिबार १५:४६, काठमाडौँ

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको बताएका छन्।

इतिहास, मुद्दा र आन्दोलनका कारणले मात्रै नभई संसद्को जादु नम्बर (सिट संख्या) का कारणले पनि सरकार ढाल्न कसैले नसक्ने दाबी प्रधानमन्त्री प्रचण्डले गरेका हुन्। 

पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले परिस्थिति र तरिका मिलेको खण्डमा पूरै कार्यकाल आफैँ प्रधानमन्त्री हुने जिकिर गरे।

‘सबै परिस्थिति तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। हामीलाई हटाउन सजिलो छैन। इतिहास, मुद्दा र आन्दोलनका कारणले र हाम्रो जादु नम्बरका कारणले पनि,’ प्रचण्डले अघि भने, ‘जादु नम्बर छ हाम्रो, थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन। जादुवाला नम्बर छ, त्यो जादुले अनेक गरेर मिलाइहाल्छ।’

उनले आफू प्रधानमन्त्री भएकै बेलादेखि आजै, भौलि नै सरकार ढल्छ भन्ने हल्ला भएको बताउँदै डेढ वर्षदेखि सत्ताको बागडोर सम्हालिरहेको बताए। 

‘हामीले भनेजस्तो सरकार कति दिन होला? चल्छ कि चल्दैन? विभिन्न कुरा आउँछन्। अर्कोले कुरा गर्दैछ अरे, केही दिन पछि सरकार जाँदैछ भनेर तपाईं हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ। यो भन्न थालेको म प्रधानमन्त्री भएको देखि नै हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले नै भन्थे, सायद मलाई धेरै दिन बस्न सबै मिलेर दिँदैनन् होला, जति दिन बसिन्छ भ्रष्टाचारका विरुद्ध गतिविधि गर्ने हो, सामाजिक न्याय र समृद्धिको निम्ति काम गर्ने भनेको डेढ वर्ष भयो म बसेकै छु।’

उनले सत्तारुढ दलसँग गरेको समझदारी इमानदारीतापूवर्क पूरा गर्ने पनि बताए। 

‘तैपनि, हामी इमानदार छौँ। हामीले राजनीतिक दलसँग जे समझदारी गरेका छौँ, जहिलेपनि इमानदरपूर्वक नै भएका समझदारी पूरा गर्नेछौँ,’ उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने, ‘त्यसकारण आजै केही हुन्छ कि, भोलि नै केही हुन्छ भन्ने कुरा बेकारको कुरा हो। त्यतातिर दिमाग लानै पर्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .