राजनीति


दिल्ली हिंसामा २० को मृत्यु भएपछि केजरिवालले भने : कर्फ्यु लगाऊ, सेना परिचालन गर

दिल्ली हिंसामा २० को मृत्यु भएपछि केजरिवालले भने : कर्फ्यु लगाऊ, सेना परिचालन गर

नेपालखबर
फागुन १४, २०७६ बुधबार ६:१४,

उत्तर–पूर्वी दिल्लीमा नागरिकता ऐन (सीएए) विरोधका क्रममा भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या २० पुगेको छ। त्यस्तै हिंसात्मक प्रदर्शनमा १५० जना भन्दा बढी घाइते भएका छन्।

सोमबारबाट सुरु भएको प्रदर्शन बुधबार बिहान पनि जारी रहेको छ। बुधवार बिहान दिल्लीको गोकुलपुरी क्षेत्रमा हिंस्रक प्रदर्शन भएको थियो र केही प्रदर्शनकारीहरूले यहाँको एक पसलमा आगो लगाइदिएका छन्।

पछिल्लो जानकारी अनुसार जाफराबाददेखि माउजपुर र यसका वरपरका अन्य ठाउँहरूमा एकदम कडा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने कतिपय स्थानमा कर्फ्यू लगाइएको छ। अहिले दिल्ली प्रहरीले हरेक सडक र गल्लीहरुमा गस्ती गरिरहेको छ।

 दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले परिस्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गर्नुपर्ने बताएका छन्। उनले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी असक्षम भएको भन्दै उनले सेना परिचालन गर्न माग गरेका हुन्। 

मुख्यमन्त्री केजरीवालले ट्विट गर्दे भनेका छन्, ‘म दिल्लीमा लगातार धेरै व्यक्तिहरूसँग सम्पर्कमा छु।अवस्था अहिले तनावपूर्ण छ। प्रहरीले सबै प्रयासको बावजूद स्थिति नियन्त्रणमा लिन सकिरहेको छैन। यस्तो अवस्थामा सेनालाई अहिले नै बोलाउनु पर्छ र प्रभावित क्षेत्रहरूमा कर्फ्यू लगाउनु पर्छ। यसबारे म केन्द्रीय गृहमन्त्रीलाई पत्र लेख्दै छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad