राजनीति


परराष्ट्रमन्त्रीको प्रश्न : नेकपा स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो ?

परराष्ट्रमन्त्रीको प्रश्न : नेकपा स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो ?

नेपालखबर
फागुन १४, २०७६ बुधबार ५:५९,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधनको अहिलेको आवश्यकता नभएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्यसमेत रहेका ज्ञवालीले संविधान संशोधनका लागि पार्टीले बनाएको कार्यदलको विवादको विषयमा बोल्दै उनले संविधान संशोधन बेमौसमी बहस भएको बताए।

पार्टीभित्र संघर्ष चर्कँदै गइरहेका बेला उनले कहिले आलोपालो प्रधानमन्त्री कहिले शासन प्रणाली परिवर्तन त कहिले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्थाका लागि संविधान संशोधन भनेर राजनीतिक अस्थिरता निम्त्याउन खोजिएको बताएका हुन्।

निर्वाचनमा स्थिरता र समृद्धिको नारा दिइएको बताउँदै उनले पार्टीभित्रका पछिल्ला गतिविधि त्यसको विपक्षमा भएको बताए।

 ‘कमरेडहरू, गत निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो–स्थिरता र समृद्धिको अपिल। तर, कहिले आलोपालो प्रम त कहिले शासन प्रणाली परिवर्तन, अनि राष्ट्रियसभा सदस्य पनि प्रमं हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस। के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो’, मंगलबार मध्यरातमा सामाजिक सञ्जाल ट्विटरमा मन्त्री ज्ञवालीले लेखेका छन्।

नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लगेर प्रधानमनत्री बनाउने तयारीका साथ राष्ट्रियसभाको सदस्य बनाउन लागेको थियो। संविधान संशोधनको तयारीका लागि नेता माधवकुमार नेपालकाे संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलकै सदस्यले असन्तुष्टि जनाएपछि अहिले त्यो प्रस्ताव स्थगितजस्तै भएको छ। तर नेकपाका नेताहरु सो प्रस्तावको पक्ष र विपक्षमा अभिव्यत्तिः दिँदै हिँड्न थालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad