नवलपुरमा जारी राइनो कप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्।
फाइनल खेल नवलपुरको मध्यविन्दु रंगशालामा दिउँसो २ः३० बजे हुनेछ। आर्मी भरत खवास, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, गोलपिकर विकेश कुथुविना नै राइनो कप खेलिरहेको छ। पुलिसका पहिलो रोजाइका खेलाडी पनि बुढासुब्बा खेलिरहेका छन्।
अर्को ए डिभिजन टोली यति हिमालयन शेर्पालाई ५–१ ले हराउँदै आर्मी अन्तिम दुईमा पुगेको थियो। पुलिसले भने मंगलबार मात्र साविक विजेता च्यासल युथ क्लबलाई २–० ले निराश पार्दै उपाधि नजिक पुगेको थियो।
पुलिस सेमिफाइनल जितेको २४ घण्टा नबित्दै फाइनल खेल्ने तयारीमा रहेको छ। राइनो कपको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया