ad ad

राजनीति


जर्मनीका समकक्षीसँग राष्ट्रपति रामचन्द्र पौडेलको भेटवार्ता

जर्मनीका समकक्षीसँग राष्ट्रपति रामचन्द्र पौडेलको भेटवार्ता

जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरसँगै भेट्दै । तस्बिरः राष्ट्रपति कार्यालय


नेपालखबर
असार ३, २०८१ सोमबार १८:४१, काठमाडौँ

जर्मनीकाे औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच भेटवार्ता भएको छ।

जर्मनीको बर्लिनमा सोमबार उनीहरुबीच भेटवार्ता सुरू भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनी पुग्ने पौडेल दोस्रो नेपाली राष्ट्र प्रमुख हुन्।

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य ३८ वर्षअघि जर्मनीको राजकीय भ्रमणमा गएका थिए।

राष्ट्रपति पौडेललाई भेटवार्ताअघि जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .