ad ad

राजनीति


सरकारलाई स्वर्णिमको सुझाव– नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिऔँ

सरकारलाई स्वर्णिमको सुझाव– नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिऔँ

नेपालखबर
असार २, २०८१ आइतबार १४:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिय वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिएका छन्।

वाग्लेले सो कार्यक्रममा लागि बजेटको व्यवस्था नगरेकोमा पनि सरकारप्रति असन्तुष्टि व्यक्त गरे। 

आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उपभापति वाग्लेले प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई दबाब दिए।

‘यसपाली फण्ड नछुट्टयाइएको तर यो बजेटको सबभन्दा महत्त्वपूर्ण अंश, जुन अलिखित छ–नयाँ चरणको आर्थिक सुधार, त्यसमा असाध्यै दिन पनि म हार्दिक आग्रह गर्दछु। प्रतिफलको प्रत्याभूति सहित रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने एजेण्डामा हामी प्रवेश गर्नुपर्ने भयो,’ वाग्लेले भने, ‘त्यसमा लगानी पुगेको छैन। लागत घटाउनु पर्‍यो र आर्थिक सुशासनमा ध्यान दिनुपर्‍यो। क्लाईमेट फाइनान्स ने अवको विकास फाइनान्स हुने कुरालाई पनि सरकारले ध्यान दिनुपर्छ।’

उनले रोजगारमुलक उद्यमशीलतामा लगानी बढाउने र सुशासनमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .