ad ad

राजनीति


नराम्रो केही काम गरेका छैनौं, त्यही नै राम्रो गर्नु हो : सभापति लामिछाने

नराम्रो केही काम गरेका छैनौं, त्यही नै राम्रो गर्नु हो : सभापति लामिछाने

रास्वपा सभापति रवि लामिछाने


नेपालखबर
असार १, २०८१ शनिबार १५:५१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु बताएका छन्। शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ, मैले हिजो पनि भनेको थिएँ, यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा,’ उनले भने, ‘नराम्रो केही पनि नगर्नु नै आफैँमा राम्रो गर्ने अवस्था सिर्जना भएको बेलामा म गर्वका साथमा भन्नसक्छु, तपाईंको मत लिएर गएको रास्वपाले सय दिनमा नराम्रो काम एउटा पनि गरेनौँ ।’

उनले रास्वपासँग आम नागरिकहरुको ठूलो आशा रहेको भन्दै उनले सरकारमा गएको एक सय दिनमा विधिको स्थापना गर्ने काम गरेको दाबी गरे। ‘अरु त सबै ठिक छ, खै त भन्ने,’ लामिछानेले भने, ‘चिया पसलहरुमा पनि खै त सय दिन भयो भन्ने छ । विधिको स्थापना गर्ने काम गरेको छ, पछिसम्म काम लाग्ने काम गरेको छ ।’

उपप्रधानमन्त्री लामिछानेले पुराना राजनीतिक दलहरुसँग आफ्नो पार्टी मिलेर नगएको र रास्वापाका पदाधिकारी चिन्तित भएर लाग्नु नै पार्टी अघि बढ्नु रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .