ad ad

राजनीति


क्याबिनेट हेरफेरबारे थाहा छैन, आजै प्रचण्डलाई भेटेर सोध्छु : माधव नेपाल

क्याबिनेट हेरफेरबारे थाहा छैन, आजै प्रचण्डलाई भेटेर सोध्छु : माधव नेपाल

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १५:२९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् हेरफेर हुन लागेकोबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकबाट बाहिरने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अध्यक्ष नेपालले यस्तो बताएका हुन्। 

मन्त्रिपरिषद् हेरफेर हुँदैछ भन्ने छ नि? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा नेपालले भने, ‘खै, मलाई थाहा छैन।’

उनले आजै प्रधानमन्त्री प्रचण्डसँग भेट हुने र सोही भेटमा सोध्ने पनि बताए। ‘आज भेट हुन्छ अनि सोधौँला,’ उनले भने। 

प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीसमेतलाई सहभागी गराउनेगरी मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका थिए। 

लगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहणका लागि भारत गएका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट फर्किएपछि छलफल अघि बढाएका छन्। 

बुधबार दिउँसो पनि प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .