ad ad

राजनीति


मन्त्रीले नै भने- सिटीइभिटी जागीर मात्रै खाने थलो!

मन्त्रीले नै भने- सिटीइभिटी जागीर मात्रै खाने थलो!

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ३:३१,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन्।

सिटीइभिटीको ३२औँ वार्षिकोत्सव कार्यक्रममा उनले सिटीइभिटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सिटीइभिटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताएका हुन्।

नामअनुसार सिटीइभिटीले काम गर्न नसकेको भन्दै पोखरेलले करारमा कर्मचारी भर्ना गर्ने, जागिर खाने र बस्ने मात्रै थलो बनेको बताए।

सिटीइभिटीका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले सिटीइभिटीले पर्याप्त जनशक्ति उत्पादन गर्न नसकेको बताए। ‘सिटीइभिटीले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता जनाए पनि त्यसअनुसार काम गर्न सकेको छैन। सिटीइभिटी जागीर खाने थलो मात्रै बन्दै गएको छ।’

सिटीइभिटीले अहिलेसम्म निजी क्षेत्रलाई अस्थायी सम्बन्धन दिँदै आए पनि त्यो सम्बन्धन स्थायी बनाउनेतर्फ चासो नदिएको उनले बताए।

‘निजी क्षेत्रसँगको सम्बन्धन स्थायी नभएकाले सिटीइभिटीले गुणस्तरीय र आवश्यकतानुसार जनशक्ति उत्पादन गर्न सकेको छैन,’ पोखरेलले भने।

सिटीइभिटीमाथि जहिले पनि मन्त्रालयले हस्तक्षेप ग¥यो, काम गर्न दिएन भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै उनले असन्तुष्टि जनाए।

‘जहिले पनि सिटीइभिटीलाई मन्त्रालयले हस्तक्षेप ग¥यो भन्ने? तपाईंहरु भन्न सक्नुहुन्छ मेरो सचिवालयले कुन–कुन घटनाक्रममा कहिले–कहिले हस्ताक्षेप गरेको छ? मैले अहिलेसम्म एउटा पनि निजी संस्थालाई सम्बन्धन दिएको छैन।’

सिटीइभिटी आफू काम गर्न नसक्ने तर दोष मन्त्रालयलाई लगाउने गरेकामा पोखरेलले रोष प्रकट गरे। ‘तपाईंहरुले एउटै कर्मचारीलाई जिम्मेवारीमा राख्नुभयो। सक्रिय प्रणाली लागू भएन, पटक–पटक कर्मचारी फेरबदलको सल्लाह दिएँ, कार्यका आधारमा कार्यदिशा तय गरी काम गर्न निर्देशन दिएँ तर लागू भएन।’

सिटीइभिटी सीप, शिक्षा, चरित्र सिकाउने थलो हो भन्दै मन्त्री पोखरेलले आफ्नो जिम्मेवारीप्रति ध्यान दिन कर्मचारीलाई निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .