ad ad

राजनीति


राजनीति गरिन्छ, जुवा खेलिन्न : संविधान संशोधनप्रति असन्तुष्ट पोखरेल

राजनीति गरिन्छ, जुवा खेलिन्न : संविधान संशोधनप्रति असन्तुष्ट पोखरेल

नेपालखबर
फागुन १२, २०७६ सोमबार १९:१५,

उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले संविधान संशोधन गर्नका लागि आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कार्यदल गठन गर्ने पहल गरेकोप्रति तीव्र असन्तृष्टि व्यक्त गरेका छन्।

सत्तारुढ नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेलले सो कदमलाई जुवा खेल्नु जत्तिकै अनुचित कामको रुपमा व्याख्या गरेका छन्।
२०७४ सालमा भएको आमनिर्वाचनमा बर्दियाबाट चुनाव हारेका नेकपा नेता बामदेव गौतमको इच्छाअनुसार राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नका लागि सो कार्यदल गठन गर्न लागिएको बताइएको छ।

नेकपा नेताहरुले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न प्रस्ताव गर्दा गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्नेभए मात्र आफू सदस्य बन्ने बताएका थिए।

‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरागर्दै आएका भित्रैबाट यतिवेला एकाएक संविधान संशोधनको कुरा सुनिदैछ। मानिसहरू उदेक मान्दैछन। केका लागि संशोधन। खराखरी वहस गर्नेवेला आएजस्तोछ। कुरा लुकाएर (ढाँटछल गरेर कती दिन चल्छ) कसरी चल्छ? राजनीति गरिन्छ जुवा खेलिन्न।’ पोखरेलले मध्यराती ट्विटमा आफ्नो असन्तुष्टि पोखेका छन्।

गत शनिबार बसेको नेकपा सचिवालय बैठकबाट पूर्वप्रधानमन्त्री माधव नेपालको संयोजकत्वमा संविधान सभा अध्यक्ष सुवास नेम्वाङ र संविधान सभा सदस्य खिमलाल देवकोटा सहितको कार्यदल गठन गर्न लागिएको थियो।

सो गठन प्रस्तावप्रति नै तीव्र आलोचना भएपछि त्यसबारे नेकपा नेताहरु नै फरकफरक धारणा व्यक्त गर्दै आएका छन्।

नेकपा महासचिव विष्णु पौडेलले सो गठन भइनसकेको बताएका छन् भने केहि नेताहरुले गठन भएको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .