घरेलु बजारमा सोमबार प्रतितोला ८० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ।
यो हालसम्मकै उच्च मूल्य हो। आइतबार प्रतितोला ७८ हजार पाँच सयमा किनबेच भएको सुनको मूल्य सोमबार १ हजार पाँच सय रुपैयाँ बढेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
विश्वबजारमा सोमबार साँझसम्म सुनको मूल्य प्रतिऔँस १ हजार ६ सय ८१.४० पुगेको छ।
यही मूल्य कायम रहीरहे मंगलबार घरेलु बजारमा प्रतितोला सुन ८२ देखि ८३ हजार रुपैयाँसम्म पुग्ने अनुमान छ।
अहिले विश्व बजारमा हरेक दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ।
पछिल्लो समय चीनबाट फैलिएको कोरोना भाइरस संक्रमण अन्य मुलुकमा पनि पुगेपछि त्यसको असर सुनको मूल्यमा परेको बताइएको छ।
3
Shares
प्रतिक्रिया