ad ad

समाज


ब्रेकफेल भएको ट्रकले दियो ९ सवारी साधनलाई ठक्कर, एककाे मृत्यु

ब्रेकफेल भएको ट्रकले दियो ९ सवारी साधनलाई ठक्कर, एककाे मृत्यु

नेपालखबर
फागुन १२, २०७६ सोमबार १५:१६,

काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ।

सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा अगाडिका स्कुटर, मोटरसाइकल, कार, ट्याक्सीलगायतलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। त्यस क्रममा एक जनाकाे मृत्यु भएकाे छ भने पाँचजना घाइते भएका प्रहरीले जनाएको छ।

ट्रककाे ठक्करबाट स्कुटी चालक चितवनका २५ वर्षीय शमसेर गुरुङकाे मृत्यु भएकाे प्रहरी प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

घटनाकाे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .