राजनीति


भौतिकमन्त्री नेम्वाङले सम्हाले सहरी विकास मन्त्रीको पदभार

भौतिकमन्त्री नेम्वाङले सम्हाले सहरी विकास मन्त्रीको पदभार

नेपालखबर
फागुन १२, २०७६ सोमबार १२:५,

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले सोमबार सहरी विकास मन्त्रालयको समेत पदभार ग्रहण गरेका छन्। मन्त्री नेम्वाङलाई राज्यमन्त्री रामवीर मानन्धर र सचिव मधुसुदन अधिकारीलेले स्वागत गरेका छन्।

पदभार ग्रहण गर्दै मन्त्री नेम्वाङले वाग्मती एकीकृत आयोजनासम्बन्धी विधेयक पेश गर्ने विषयमा अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति लिने विषयमा हस्ताक्षर गरेका छन्।

समाजवादी पार्टीले सरकार छाडेपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। तर उनको ७० करोड कमिसनसम्बन्धी अडियो टेप सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएसँगै सहरी विकासमन्त्रीको पद खाली थियो।

Image may contain: 4 people, people smiling, people standing, suit and wedding

प्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङलाई सहरी विकास मन्त्रीको जिम्मेवारी समेत दिएपछि आजदेखि उनले पदभार ग्रहण गरेका हुन्। आइतबार मात्रै सञ्चारमन्त्रीको पदभार अर्थमन्त्री डा. युवराज खतिवडाले ग्रहण गरेका थिए।

Image may contain: 5 people, people smiling, people standing

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad