आन्तरिक राजस्व विभागले अन्तःशुल्क स्टिकर खरिदको लागि गरेको टेन्डर रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
मिराज प्रिन्टर्सका सञ्चालक मनोहरराज घिमिरेले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासले खारेज गरेको हो।
सर्वोच्चको यो निर्णयसँगै विभागलाई अब अन्तःशुल्क स्टिकर खरिदको बाटो खुल्ला भएको छ। विभागले खरिद प्रक्रिया सुरु गरेपछि नेपालमा नै स्टिकर छपाइ गर्न सकिने तथा टेण्डरमा नेपाली कम्पनी पनि सहभागी गराउनुपर्ने भन्दै रिट दायर भएको थियो।
अदातलले सुरुमा टेण्डर प्रक्रियालाई यथावस्थामा रोक्न अन्तरिम आदेश दिएको थियो। आज अदालतले रिट नै खारेज गरेपछि भने अन्तःशुल्क स्टिकर खरिदको लागि बाटो खुल्ला भएको हो।
3
Shares

प्रतिक्रिया