पूर्वप्रधानमन्त्रीसमेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्तपी आज (बुधबार) बिहान स्थानीय सडक सरसफाइमा सहभागी भएको छ।
भक्तपुरको कौशलटार–सूर्यविनायक सडकमा सरसफाइमा स्थानीय बासिन्दासँगै ओली र उनकी पत्नी राधिका शाक्य पनि सहभागी भएका हुन्।
ओलीले सडक सफा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘आज राधिका र म अरनिको राजमार्गको सडक सरसफाइमा।’
ओलीको सचिवालयका अनुसार ओली त्यहाँ (बालकोट, भक्तपुर) को स्थानीय बासिन्दा भएकाले अन्य स्थानीयसँगै उनी पनि सडक सफाइमा सहभागी भएका हुन्।
51
Shares
प्रतिक्रिया