नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलले प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्।
सोमबार सभामुखको कार्यकक्ष सिंहदरबार नै पुगेर राजदूत युसुफले सभामुख सापकोटासँग भेट गरेका हुन्।
भेटमा कतारमा रहेका नेपाली कामहरुको योगदानको राजदूतले खुलेर प्रशंसा गरेका छन्। सन २०२२ मा हुने विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा नेपाली कामदारले गरेको योगादनको उनले प्रशंसा गरेका थिए।

प्रतिक्रिया