ad ad

कारोबार


स्टार्टअप नीति आउनु समग्र निजी क्षेत्रका लागि महत्वपूर्ण : अध्यक्ष ढकाल

स्टार्टअप नीति आउनु समग्र निजी क्षेत्रका लागि महत्वपूर्ण : अध्यक्ष ढकाल

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १८:५५, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महसंघका पहलमा तयार भएको स्टार्टअप नीति पारित भएकोमा महासंघले खुसी व्यक्त गरेको छ ।

बुधबार महासंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए।

दुई वर्षअघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो। त्यसमा व्यापक छलफल पछि मन्त्रिपरिषदले यही जेठ २ गते पारित गरेको छ।

नीति आउनु नेपाल उद्योग वाणिज्य महासंघ तथा समग्र निजी क्षेत्रका लागि अति नै महत्वपूर्ण रहेको ढकालको भनाइ छ। 

उनका अनुसार यसका लागि महासंघले अनवरत रुपमा विभिन्न तवरबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सघाउँदै पनि आएको थियो। सो नीति आएको खुशियालीमा महासंघले उक्त नीतिले अंगीकार गरेका लक्ष्य, उद्देश्य, परिभाषा, रणनीति, कार्यनीति र कार्यक्रमका बारेमा महासंघका अध्यक्ष ढकालको अध्यक्षता तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवलाल भुषालको आतिथ्यतामा बुधबार महासंघमा नीति संवाद आयोजना गरिएको हो।    

कार्यक्रमलाई सम्बोधन गर्दै नीति सम्वाद कार्यक्रमका अध्यक्ष तथा महासंघ अध्यक्ष ढकालले स्टार्टअपका सन्दर्भमा आफ्नै पछिल्लो इतिहासलाई जोड्दै नीति ल्याउन लामो समय देखिको महासंघ स्टार्टअप एण्ड ईन्नोभेशन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको र यो धेरै नै छलफलहरुबाट निकै खारीयर आएकोले स्टार्टअप व्यवसायका लागि महत्वपूर्ण हुने बताए। 

त्यस्तै, सहसचिव भुषालले नीतिले अंगिकार गरेकोे स्टार्टअपको परिभाषा र स्टार्टअप र लघु, घरेलु तथा साना उद्योग र स्टार्टअप उद्यमका अन्तर सम्बन्धहरु, स्टार्टअप वर्ष २०३० र स्टार्टअप कर्जाहरुका विषयमा प्रकास पारेका थिए। 

कार्यक्रमका अन्य वक्ताहरुमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ता लगायत थिए। सबैले स्टार्टअप नीति २०८०, स्टार्टअप कर्जा सञ्चालन कार्यविधि २०८० र अहिले कार्यान्वयन भै रहेको कर्जा वितरणको अन्तिम अवस्थाहरुका बारेमा आ-आफ्ना विचारहरु व्यक्त गरे।  

कार्यक्रमका अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै महासंघका केन्द्रीय सदस्य एवं वर्तमान स्टार्टअप एण्ड इन्नोभेसन फोरमका सभापति जूना माथेमाले नीति आउनु स्वागतयोग्य रहे पनि प्रचारप्रसार झनै महत्वपूर्ण रहेको जानकारी दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .