मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन्।
महाथिरले दुई वाक्यको राजीनामा पत्र मलेसियाका राजालाई सोमबार बुझाएका हुन्।
केहि हप्तादेखि शुरु भएको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला उनले राजीनामा दिएर नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
महाथिरको राजीनामासँगै उनको पार्टीले सत्तारुढ गठबन्धन पनि छाडेको छ। ९४ वर्षीय महाथिर दुई वर्षअघि भएको निर्वाचनपछि प्रधानमन्त्री बनेका हुन्।
मोहम्मद विश्वका सबैभन्दा वृद्ध प्रधामन्त्री थिए। उनी गएको चार दशकदेखि मलेसियाको राजनीतिको केन्द्र बनेका थिए। सन् १९८१ देखि २००३ सम्म उनी लगातार त्यहाँको प्रधानमन्त्री बनेका थिए। त्यसपछि सन् २०१८ मा उनले नजिब रज्जाकलाई पराजित गर्दै प्रधानमन्त्री बनेका थिए।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पछिल्लो समय मोहम्मदको ७२ वर्षका अनवर इब्राहिमबीच खिचातानी चलिरहेको थियो। इब्राहिम मोहम्मदको सहयोगीको रुपमा सरकारको गठबन्धनमा साम्मिलित थए।
मोहम्मदले इब्राहिमलाई आफ्नो पद सुम्पिने वाचा पनि गरेको बताइएको छ। तर यतिबेला यो पनि चर्चा सुरु भएको छ कि महाथिर मोहम्मद नयाँ गठबन्धन बनाएर सत्तामा फेरि आउने योजनामा छन्। एजेन्सी

प्रतिक्रिया