दक्षिण कोरियाले पछिल्लो समय बढेको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोकथामका लागि भन्दै म्याद सकिन लागेका विदेशीको भिसा अवधि स्वतः थप हुने व्यवस्था गरेको छ।
गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले यसबारे जानकारी दिएको हो।
नयाँ सूचनाअनुसार अप्रिल ३० सम्म भिसा अवधि भएका विदेशी नागरिकहरुले उक्त अवधिभन्दा बढी समय कोरिया बस्न पाउनेछन्। कोभिड–१९ को संकट नरोकिएसम्म आप्रवासन कार्यालयमा गएर जानकारी लिइराख्न सूचनामा भनिएको छ।
भिसा अवधि थप्न चाहनेले हाइ कोरिया वेबसाइट भिजिट गर्न सक्नेछन् भने १३४५ नम्बरमा यसबारे थप सूचना लिन सक्नेछन्।
सूचनाअनुसार ई–९ भिसा, ई–१० भिसा बोक्नेको हकमा स्वतः अवधि थप हुने व्यवस्था कार्यान्वयन नहुने सूचनामा जनाइएको छ।
3
Shares

प्रतिक्रिया