ad ad

राजनीति


राप्रपा : ठाकुरमोहनले गरे आफैँमाथि कुटपिट गर्नेलाई माफी घोषणा, ज्ञानेन्द्र शाहीले छाडे बैठक

राप्रपा : ठाकुरमोहनले गरे आफैँमाथि कुटपिट गर्नेलाई माफी घोषणा, ज्ञानेन्द्र शाहीले छाडे बैठक

नेपालखबर
जेठ १४, २०८१ सोमबार १५:१३, काठमाडौँ

गत फागुन २७ गते रपार्टी केन्द्रीय कार्यालयमै केन्द्रीय सदस्य ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको घटनामा निलम्बित तीन नेताले माफी पाउने भएका छन्। 

सो घटनामा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई चार वर्षका लागि निलम्बन गरिएको थियो। 

तर, ठाकुरमोहनले नै पार्टी केन्द्रीय कमिटी बैठकमा उनीहरूलाई माफी दिएको घोषणा गरेका छन्। 

विश्वस्त स्रोतका अनुसार, निलम्बनमा परेका तीनै जनाले ठाकुरमोहनसँग माफी मागेका थिए। त्यसपछि ठाकुरमोहनले उनीहरूलाई माफी दिएको घोषणा गरेको सहभागी एक नेताले नेपालखबरलाई जानकारी दिए।

सशस्त्र प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) समेत रहेका श्रेष्ठलाई महामन्त्री विक्रम पाण्डेनिकट कार्यकर्ताले कुटेका थिए। 

श्रेष्ठले त्यतिबेला राप्रपा महामन्त्री पाण्डेलाई श्रेष्ठलाई ‘भ्रष्टाचारी’ आरोप लगाउँदै आफ्ना कुरा राखेका थिए। त्यसविरुद्ध पार्टी कार्यालयकै गेटमा ६ जनाले श्रेष्ठमाथि हातपात गरेका थिए।

निलम्बनमा परेका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बम

ठाकुरमोहनले उक्त घोषणा गरेपछि प्रवक्ता समेत रहेका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाही भने असन्तुष्ट बनेका छन्। उनी अहिले बैठकक छाडेर निस्किएका छन्। 

बैठकमा सहभागी एक नेताका अनुसार, ठाकुरमोहनले माफी दिएको घोषणा गर्नासाथ बैठकमा शाहीले असन्तुष्टि राखेका थिए। लगत्तै, उनी बैठकस्थलबाट बाहिरिए। 

उक्त घटनाको छानबिन गर्ने जिम्मा पाएको केन्द्रीय अनुशासन समितिको सिफारिसबमोजिम राप्रपाले उपाध्यक्ष विक्रम पाण्डेका सहयोगीसहितलाई ४ वर्षका लागि निलम्बन गरेको थियो।

राप्रपाले पार्टी बैठकबारे जानकारी गराउन आजै पत्रकार सम्मेलन पनि गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .