ad ad

राजनीति


ठाकुरमोहनमाथि कुटपिट : सहायक महामन्त्री बलायरसहित तीनजना निलम्बित

ठाकुरमोहनमाथि कुटपिट : सहायक महामन्त्री बलायरसहित तीनजना निलम्बित

फाइल तस्बिर


नेपालखबर
चैत ४, २०८० आइतबार १६:१०, काठमाडौँ

गत फागुन २७ गते आइतबार धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयमा एकजना नेतामाथि भएको कुटपिट प्रकरणमा तीनजना निलम्बनमा परेका छन्। 

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला कार्यालय हाताभित्रै केन्द्रीय कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटको घटनामा संलग्न भएको आरोपमा तीन कार्यकर्तालाई निलम्बन गरिएको हो।

उक्त टनाको छानबिन गर्ने जिम्मा पाएको केन्द्रीय अनुशासन समितिको सिफारिसबमोजिम राप्रपाले उपाध्यक्ष विक्रम पाण्डेका सहयोगीसहितलाई ४ वर्षका लागि निलम्बन गरेको हो।

राप्रपाले उक्त घटनामा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर निलम्बनमा परेका हुन्। उनी उपाध्यक्ष पाण्डेका सहयोगी हुन्।

त्यस्तै काठमाडौं क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई निलम्बन गरिएको राप्रपाले 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .