ad ad

राजनीति


बालेनको अभिव्यक्तिमा आपत्ति छैन, सरकारले सडक बनाउनैपर्छ : रघुवीर महासेठ

बालेनको अभिव्यक्तिमा आपत्ति छैन, सरकारले सडक बनाउनैपर्छ : रघुवीर महासेठ

नेपालखबर
जेठ १३, २०८१ आइतबार १३:२९, काठमाडौँ

उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठले कलंकी–महाराजगञ्ज सडक विस्तारका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले गरेको चासो सकारात्मक रुपमा लिएको बताएका छन्। 

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपपप्रधानमन्त्री महासेठले मेयर शाहको अभिव्यक्तिलाई सल्लाहकै रुपमा लिएको जिकिर गरे। 

‘अहिले हामीले सरसल्लाह गर्दैछौँ। मलाई लाग्छ, कलंकी महाराजगञ्ज जुन अगाडि ल्याउनुभएको छ। सल्लाहको रुपमा लिएको छु,’ उनले भने। 

साथै, उनले शनिबार दिउँसो मेयर शाहले लेखेको स्टाटसप्रति कुनै आपत्ति नभएपनि न्युरोडमा भइरहेको क्रियाकलाप भने कानुनसम्मत नभएको बताए। 

‘न्युरोडमा जुन अहिले तोडफोड भइरहेको छ,’ उनले अघि भने, ‘न्युरोडमा भएका क्रियाकलाप कानुनसम्मत छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .