ad ad

समाज


सडक डिभिजनको गेटमा बालेनले खन्याए एक ट्रक धुलो (भिडिओ)

कलंकी–महाराजगन्ज सडक विस्तार नगरेकोमा रघुवीरमाथि आक्रोश
सडक डिभिजनको गेटमा बालेनले खन्याए एक ट्रक धुलो (भिडिओ)

नेपालखबर
जेठ १२, २०८१ शनिबार १७:५९, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकीदेखि महाराजगञ्जसम्मको रिङरोड विस्तारका काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आक्रोश व्यक्त गरेका छन्। 

महानगरपालिकाको गाडीले मीनभवनस्थित सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय अगाडि एक ट्रक धुलो खन्याउँदै गरेको भिडिओ सार्वजनिक गर्दै मेयर शाहले आक्रोश व्यक्त गरेका हुन्। 

काठमाडौँ महानगरले अकारण गाली खाइरहनुपरेको उल्लेख गर्दै मेयर शाहले जबसम्म काम अघि बढ्दैन त्यतिबेलासम्म मन्त्री महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने घोषणा समेत गरेका छन्। 

‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला। विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ,’ शाहले लेखेका छन्, ‘काठमाडौँमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ। र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ।’

उक्त सडकको धुलो जनताले मात्रै खाँदा राम्रो नहुने भन्दै उनले मन्त्रीलाई पायक पर्ने ठाउँमा पठाएको बताएका छन्। 

‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर सुइकार्नु होला,’ मेयर शाहले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .