ad ad

कारोबार


काठमाडौँका यी ५ फिडरबाट ५ दिनसम्म जाँदैछ दैनिक ४ घण्टाका दरले बिजुली

काठमाडौँका यी ५ फिडरबाट ५ दिनसम्म जाँदैछ दैनिक ४ घण्टाका दरले बिजुली

नेपालखबर
जेठ १३, २०८१ आइतबार १३:३०, काठमाडौँ

आजदेखि काठमाडौँका केही ठाउँमा पाँच दिनसम्म दैनिक चार घण्टाका दरले विद्युत् आपूर्ति बन्द हुने भएको छ। 

आजदेखि जेठ १८ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्न लागिएको विद्युत् प्राधिकरणले जनाएको छ। 

विद्युत् प्राधिकरणका अनुसार विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।

साँखु, चौमती, केएमसी, कालीमाटी, किर्तिपुर रोपवे र मुलपानी फिडरबाट आपूर्ति हुने विद्युत् लाइन आजदेखि जेठ १८ गतेसम्म अवरुद्ध हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .