ad ad

राजनीति


परराष्ट्र सचिव लम्साल सेन्ट जोन्स प्रस्थान गर्दै

परराष्ट्र सचिव लम्साल सेन्ट जोन्स प्रस्थान गर्दै

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १५:२७, काठमाडौँ

परराष्ट्र सचिव सेवा लम्साल एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा संयुक्त राष्ट्रसङ्घले यही जेठ १४ देखि १७ गतेसम्म आयोजना गर्न लागेको साना टापु विकासशील राष्ट्रहरुको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैछिन्।

सम्मेलनको क्रममा उनले अतिकम विकसित देशहरूको समूह (एलडिसिज) को लागि विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षको रूपमा समूहको तर्फबाट वक्तव्य दिनेछिन्। 

परराष्ट्र सचिव लम्सालले सम्मेलनको अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ।

दिगो विकासमा साना टापु विकासशील देशहरूको प्रगति समीक्षा र नयाँ दशकको लागि कार्य योजना प्रस्ताव गर्ने उद्देश्यका साथ सम्मेलन प्रत्येक दश वर्षमा आयोजना गरिँदै आएको छ।

चौथो सम्मेलन ‘उत्थानशील समृद्धितर्फको मार्गचित्र’ भन्ने नाराका साथ हुँदैछ। परराष्ट्र सचिव जेठ १९ गते स्वदेश र्फकछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .