राजनीति


मुलुकमा नैतिक शिक्षा आवश्यक : अमिक शेरचन

मुलुकमा नैतिक शिक्षा आवश्यक : अमिक शेरचन

नेपालखबर
फागुन ११, २०७६ आइतबार २:२४,

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले मुलुकलाई नैतिक शिक्षाको खाँचो रहेको बताएका छन्।

पोखरा-१३ लामोडहरस्थित राइजिङ स्टार एकेडेमीको नवनिर्मित भवनको उद्घाटन तथा २१औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै शेरचनले विकसित घटनाक्रमले नैतिक शिक्षाको आवश्यकता रहेको बताए।

प्रदेश प्रमुख शेरचनले परम्परागत शैक्षिक प्रणालीले देश विकासलाई अघि बढाउन नसक्ने हुँदा व्यावसायिक र प्राविधिक शिक्षा अवलम्बन गर्नुपर्नेमा जोड दिए।

‘अङ्ग्रेजी भाषा बोल्न जान्दैमा गुणस्तरीय शिक्षा हुन सक्दैन। भाषा शिक्षाको माध्यम मात्र हो,’ शेरचनले भने।

पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गङ्गाबहादुर गुरुङले निजी विद्यालयले कूल विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने सरकारी नीति रहेको बताए।

विद्यालयका निर्देशक ज्ञानबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा एनप्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, स्थानीय बुद्धिजीवी विष्णु बराल, प्याव्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा, एनप्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, राइजिङ स्टार एकेडेमीका प्राचार्य सञ्जय पौडेल, विद्यार्थी खुशी विक, शिक्षिका अञ्जु दाहाललगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad