प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशैभरका पीडितका बचत फिर्ताको सुनिश्चितता नभएसम्म आफूहरूको लडाईं विश्राम नपाउने बताएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद बद्रि पाण्डेले सहकारी पीडितलाई आश्वस्त पार्दै भनेका छन्, ‘हामी हाम्रो अडानमा दृढ छौँ।’
साथै, उनले गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै समिति गठन तुरुन्तै हुनुपर्ने बताए।
‘देशैभरका सहकारी पीडितलाई आश्वस्त पार्न चाहन्छु, देशैभरका पीडितको बचत फिर्ताको सुनिश्चितता नभएसम्म हाम्रो लडाईंले विश्राम पाउने छैन,’ उनले भने।
30
Shares
प्रतिक्रिया