ad ad

राजनीति


प्रचण्ड, ओली र रविबीच बालुवाटारमा डेढ घण्टा छलफल

प्रचण्ड, ओली र रविबीच बालुवाटारमा डेढ घण्टा छलफल

नेपालखबर
जेठ २, २०८१ बुधबार १६:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको छ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा डेढ घण्टा छलफल भएको हो। प्रचण्ड–ओलीको छलफल चलिरहेको बेला रवि पनि पुगेका हुन्।

‘उहाँहरुबीच डेढ घण्टा बढी छलफल भएको हो,’ ओली निकट स्रोतले नेपालखबरसँग भन्यो, ‘अन्तिमतिर रविजी पनि पुग्नुभएको थियो।’

सहकारीमा सर्वसाधारणले बचत गरेको रकम अपचलनमा रवि लामिछाने समेत जोडिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित संसद अवरुद्ध पारिरहेको छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट धन्यवाद प्रस्ताव पारित गर्न अवरोध गरेको छ।

सहकारीमा सर्वसाधरणको रकम अपचलन गर्नेहरुमाथि छानबिन गर्न समिति गठन नभई कांग्रेसले संसद चल्न नदिने अडान लिएको छ।

प्रधाानमन्त्री प्रचण्ड छानबिन समिति बनाउन तयार भए पनि सत्तारुढ एमाले र रास्वपाले पहिला गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्ने अडान लिएका छन्।

यही विषयमा प्रधानमन्त्रीले छलफल गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .