ad ad

राजनीति


गगन थापाप्रति ओलीको आक्रोश : संसदमा उद्दण्डता देखाए, सभामुखसँग अशिष्ट बने

गगन थापाप्रति ओलीको आक्रोश : संसदमा उद्दण्डता देखाए, सभामुखसँग अशिष्ट बने

नेपालखबर
जेठ २, २०८१ बुधबार १६:५३, काठमाडौँ

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रश्तुत गरेको बताउनुभएको छ।

बुधवार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसका महामन्त्री थापाले सभामुखमाथि अशिष्ट ढंगले प्रस्तुत भएर उदण्डता देखाएको बताएका हुन्।

उनले सभामुखले बोल्न समय दिँदा तपाईको निगाहाको समय चाहिँदैन भन्ने अभिव्यक्तिले उदण्डता प्रदर्शन भएको बताए। उनले नेपाली कांग्रेसको सभामुखसँग बोल्ने भाषा यही हो? भनेर जवाफ समेत माग गरे।

उनले कांग्रेसले एकदलीय, एकाधिकारवादी र तानाशाही चलाउन खोजेको हो भनि प्रश्न समेत गरे।

उनले भने, ‘सभामुखले फलानालाई बोल्न दिन्छु भन्दा बोल्न दिन नपाइने। यति अशिष्ट ढंगले। सभामुखले मैले तपाईलाई समय दिएँ भन्दा तपाईको निगाहाको समय चाहिँदैन भनेर उदण्डता प्रदर्शन गर्ने संसदमा। सभामुखसँगको के भाषा हो नेपाली कांग्रेसको? सभामुखसँग त्यस्तो भाषाले प्रश्तुत भएर यो संसद चलाउने खोजेको हो नेपाली कांग्रेसले?’

उनले नेपाली कांग्रेस राजनीतिक अभिष्ट पूरा नभएपछि अरुलाई अपराधि करार गर्न लागेको आरोप लगाए। उनले भ्रष्टाचारमा दोषि करार भएका कांग्रेसका सांसदले कुनै मुद्दा नभएको मानिसउपर छानबिन गर्न समिति गठन गर भनि नाराबाजी गरेको भन्दै कांग्रेसलाई सरम हुनुपर्ने बताए।

उनले भने, ‘नारा लाउनेमा कस्तो छन्? नेपाली कांग्रेसलाई सरम हुनुपर्दछ। मुद्दा हारेका, भ्रष्टाचारमा आरोपी होइन अपराधी ठहरिएका मान्छे नेपाली कांग्रेसले भित्र ल्याएर अपराधमा कसुर ठहरिएका मान्छे, अपराधी हो भनेर अदालतले फैसला गरेको मान्छे आएर अर्को, जसमाथि कुनै मुद्दा छैन, केही छैन। ऊ चाहिँ भ्रष्टाचारी हो। छानबिन आयोग गठन गर भनेर?’

अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा बोल्न पाउनुपर्ने बताए। उनले लामिछानेलाई आरोपित गरिएको भन्दै आरोपित व्यक्तिले बोल्न र सफाइ दिन पाउनुपर्ने बताए। उनले आगामी संसद बैठकमा नेकपा(एमाले) पनि बोल्ने बताए।

उनले कांग्रेसको आग्रहपूर्ण, द्वेषपूर्ण, कुण्ठाग्रस्त सनकका पछाडी कुनै समिति बनाइरहनु जरुरी नभएको बताए। उनले संसद बैठक रोक्नुपर्ने आवश्यकता नरहेको भन्दै कांग्रेसले बैठक रोके नमान्ने पनि बताए।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई नेपाली कांग्रेसले डेढ वर्ष प्रधानमन्त्री बन्न अफर गरेको दाबी पनि गरे। कांग्रेसको प्रधानमन्त्री अफर त्यागेपछि लामिछानेलाई आरोपित गर्ने प्रयास गरिएको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .