ad ad

राजनीति


कोसीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

कोसीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १३:५८, काठमाडौँ

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेसभामा विश्वासको मत मागेका छन्। 

संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत मागेका हुन्। 

‘सबै दलका प्रदेशसभा सदस्यलाई आग्रह गर्न चाहन्छु, नेपालको संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएको म हिक्मतबहादुर कार्की १६८ को उपधारा ४ बमोजिम कोसी प्रदेशसभाबाट विश्वासको मत लिन प्रदेशसभा नियमावली २०७४, पहिलो संशोधनसहित नियम १२८ बमोजिम विश्वासको मत लिन कोसी प्रदेशसभामा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिन हार्दिक अनुरोध गर्दछु,’ उनले विश्वासको मत माग गर्दै भनेका छन्। 

कोसी प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रदेससभा सदस्य भने अनुपस्थित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .